रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ « Khabarhub

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना उपाय सार्वजनिक गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेश गर्ने अनुमति नपाएका उनले व्यक्तिगत रुपमा आफ्नो खाका ल्याएका हुन् ।

सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएपछि उनले मुखमा टेप बाँधेका छन् ।

प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्नेदेखि आफ्नो बिहेको कुरा पनि लेखेका छन् ।

‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्’, उनले भने, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । आफ्नो इच्छाले गर भन्छ भने पनि ठीक छ । तर निर्णय गरिदेओस् ।’

गत वैशाख १० गते इलाम २ को उपनिर्वाचनमा जमानत जफत हुने गरी भएको हारपछि सभापति लामिछानेले समीक्षा यात्राका लागि ढकाललाई देश यात्रामा पठाएका थिए ।

३३ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन ढकालले पार्टी सभापति लामिछानेलाई बुझाइसकेका छन् । उनले प्रतिवेदनमा रास्वपा पहिले जस्तो नरहेको, जनमत घटेको, अहिलेकै अवस्थामा चुनाव भए राष्ट्रिय दल नहुने र विस्तारै विवेकशील साझा-२ हुने दाबी गरेका छन् ।

सुनाए यस्तो योजना ?

उनले आफ्नो प्रतिवेदनमा अबको १०० दिन के गर्ने भनेर योजना पनि राखेका छन् । जसमा उनले अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’ बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउन अपील गरेका छन् ।

उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्नका लागि गर्नुपर्ने योजना पनि सुनाएका छन् ।

ढकालले अबको २ हप्ता तयारी गरेर सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू कम्तीमा २ हप्ता गुप्तबास जानुपर्ने बताएका छन् ।

उनले गुप्तबासका क्रममा महामन्त्रीका रुपमा राय राखे पनि मत नराख्ने बताएका छन् । बरु यसमा निर्णय अरुले दिए हुने पनि उनले बताएका छन् ।

उनले अब पार्टीलाई कसरी अघि बढाउने भनेर कयौँ प्रश्न पनि गरेका छन् । ‘पार्टीको विधान कस्तो बनाउने ? पार्टीको विधानको पालना कसले गराउने ? पार्टीको विधान पालना नभए के गर्ने ? पार्टीको संगठान्तमक ढाँचा कस्तो हुने ? पार्टीको तर्फबाट हुने निर्वाचनका लागि उम्मेदवार छनोट कसरी गर्ने ?’, उनले अनेक प्रश्न गरेका छन् ।

ढकालले अब पार्टीलाई महाधिवेशनको बाटोमा लानुपर्ने पनि बताएका छन् । ‘पार्टीको अबको कार्यदिशा कसरी निर्धारण गर्ने ? के हो ? महाधिवेशनको बाटो तय गरौँ’, उनले भनेका छन्, ‘पार्टीको नेताको आचरण कस्तो हुने ? के बाध्यकारी, के गरे राम्रो ? पार्टीका नेताले मिडियामा के बोल्न पाइन्छ, के पाइँदैन ? पार्टीका नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने ? पार्टीमा अनशासन कसरी कायम गर्ने ? पार्टीको आर्थिक व्यवस्थापन कसरी निर्धारण गर्ने ?

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ०६ बजे

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

काठमाडौं– सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना