‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’ « Khabarhub

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकालको प्रस्ताव शतप्रतिशत केन्द्रीय सदस्यहरूबाट अस्वीकार भएपछि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण रोकिएको प्रष्टीकरण दिएको छ ।

खानपिनका लागि बैठक केही समय स्थगित गरिएपछि रास्वपाले सभापति रवि लामिछाने सहमत हुँदाहुँदै पनि शतप्रतिशत केन्द्रीय सदस्यहरूको असहमतिका कारण बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने महामन्त्री ढकालको प्रस्ताव अस्वीकृत भएको जनाएको हो ।

‘महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो,’ सहप्रवक्ता मनिष झाले भने ।

झाका अनुसार प्रस्ताव अस्वीकृत भएपछि महामन्त्री ढकालले मुखमा मास्कमाथि कालो टेप लगाएर विरोध जनाएका हुन् ।

‘लाइभ नगर्ने भनिएपछि विरोधस्वरूप उहाँ (महामन्त्री) ले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो,’ उनले भने ।

महामन्त्री ढकालले मुखमा मास्कमाथि कालोटेप लगाएर बसेपछि उनको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको झाको भनाइ छ । खाना खानका लागि स्थगित भएको बैठक सुरु भएपछि ईच्छाअनुसार सबैले आ–आफ्नो धारणा राख्ने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : १५ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला