माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे | Khabarhub Khabarhub

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण हेरफेरले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका भएको उल्लेख गरे ।

उनले ०४७ सालको संविधानतर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे ।

माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले मध्यरातमा त्यसैबारे हल्ला गर्दै सहमति गरेको उनको आरोप छ ।

गुरुङले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेख्य कारण नभए पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे ।

महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए। उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास