तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल « Khabarhub

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिवान सरकारका अधिकारीले बुधबार बताएका छन् ।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले हाम्रा नागरिकलाई आदानप्रदानमा मुक्त गर्न सक्षम हुनुपर्छ, जसरी अमेरिकी नागरिकहरू उनीहरू (संयुक्त राज्य अमेरिका) का लागि महत्वपूर्ण छन्, त्यसरी अफगानीहरू हाम्रा लागि महत्वपूर्ण छन् ।’

कतारमा संयुक्त राष्ट्रङ्घको नेतृत्वमा भएको वार्ताका क्रममा अमेरिकी प्रतिनिधिसँग कैदी आदानप्रदानका विषयमा छलफल भएको उनले बताए। 

संयुक्त राष्ट्रसङ्घका अधिकारी, तालिवान अधिकारी र अफगानिस्तानका लागि विशेष दूतको उपस्थितिमा भएको वार्ता सोमबार सकिएको हो ।

‘दुई जना अमेरिकी नागरिक अफगानिस्तानमा थुनिएका छन्,’ पत्रकार सम्मेलनमा मुजाहिदले भने, ‘क्युबाको गोप्य अमेरिकी जेलसहित अमेरिकामा पनि अफगानी कैदीलाई राखिएको छ ।

उनले भने, ‘हामीले उनीहरूसँग उनीहरूको रिहाइका लागि यसअघि पनि छलफल गरिसकेका छौँ । अफगानिस्तानको शर्त स्वीकार गर्नुपर्छ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ४३ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर