देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल « Khabarhub

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहानामात्रै भएको टिप्पणी गरेको छ । 

केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि वक्तव्य जारी गरेर राप्रपा नेपालले देशलाई संकटबाट मुक्त गर्न संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्ने बताएको छ । 

‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको अमूर्त तर्क केवल सता आरोहणलाई पुष्टि गर्ने निरंथक बहानामात्र हो,’ वक्तव्यमा भनिएको छ, ‘देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।’

नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पार्टी निकायमा संविधान संशोधन, पुनरावलोकन बारे कुनै छलफल र निर्णय नगरेको भन्दै राप्रपा नेपालले केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन नसक्ने जिकिर गरेको छ ।  

राप्रपा नेपालले राप्रपाप्रति व्यंग गर्दै संविधान संशोधनको चर्चाबाट हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना र प्रदेश संरचनाको खारेजी चाहनेहरूले उत्साहित हुनपर्ने र स्वागत गर्न हतारिनु पर्ने कुनै आवश्यकता नरहेको पनि टिप्पणी गरेको छ । 

‘यही असफल र भ्रष्ट व्यवस्थालाई थप टेको लगाउन वा सुदृढ तुल्याउन गरिने भनिएको कथित संविधान संशोधनको चर्चाबाट हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना र प्रदेश संरचनाको खारेजी चाहनेहरूले उत्साहित हुनपर्ने वा स्वागत गर्न हतारिनु पर्ने कुनै आवश्यकता छैन,’ महामन्त्री राजाराम बर्तोलाद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ । 

अहिलेको अवस्थामा सतही संविधान संशोधन नभएर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनरावलोकन गरी सबै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति विषयमा जनमत संग्रह गर्न राप्रपा नेपालले माग गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा