वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ « Khabarhub

वामदेव भन्छन् : निर्वाचन प्रणाली संशोधन गरौँ, कार्यकारी राष्ट्रपतिमा जाऔँ


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकलाई दिर्घकालीन रुपमा स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै गौतमले कुनै दलको बहुमत नआउने व्यवस्थाले सधैँ राजनीतिक अस्थिरता हुने गरेको बताए । उनले स्थिरतातर्फ लैजान निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका हुन् ।

गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने धारणा राखे ।

पार्टी निर्वाचित हुने प्रणाली भए पनि उम्मेद्वारहरु पहिले नै तय गरेर जनताबीच प्रस्तुत गर्ने प्रणाली स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेट घाटाको भएको बताए । उनले मुलुक गणतन्त्रमा प्रवेश गरे पनि पुरानै ढंगले बजेट आउने गरेको दाबी गरे ।

बैठकमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, कानून मन्त्रालय, कृषि, गृह, सञ्चार लगाएतका मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : १२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण