अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ « Khabarhub

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

‘मेड इन युएसए’ लेखिएको पेस्तोल, ६ राउण्ड गोली र १ थान म्याग्जिनसहित बिहारको सीतामढी ग्राम पञ्चायत बैरगिनिया-५ निवासी २७ वर्षीय महमद अनवर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

उनले प्रयोग गरेको बीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यानसमेत प्रहरीले बरामद गरेको छ । उनलाई धनुषा प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : १९ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न