सर्केगामा बिलबिना ७३ लाख बढी भुक्तानी « Khabarhub

सर्केगामा बिलबिना ७३ लाख बढी भुक्तानी


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

हुम्ला– जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिजबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । 

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । 

उक्त रकम घरभाडाबापत रु एक लाख ९६ हजार ५६०,  बैठक भत्ता  रु ४० हजार, राहत वितरण रु एक लाख ३५ हजार, इन्धनमा रु ३५ हजार, कार्यालय सामान खरिदमा रु एक लाख, अनुगमन भत्ता रु दुई लाख, विद्युतीय सामग्री खरिदमा रु तीन लाख ९० हजार  खर्च भएको छ । 

यसैबीच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । 

सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मङ्गलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा  हातधुने साबुन पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ४८ बजे

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक