नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द  « Khabarhub

नागढुंगा-नौबिसे सडकखण्ड आज र भोलि राती पूर्ण रुपमा बन्द 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।

नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन । 

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ३७ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ