महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने « Khabarhub

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । बुधबार बिहान साढे ८ बजेबाट केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको बैठक विवादबीच अघि बढिरहेको छ ।

बैठकको अध्यक्षता गर्दै सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ गर्ने कि नगर्नेबारे सहभागी नेताहरूको धारणा लिएका छन् ।

धारणा दिने प्रायः सबै नेताहरूले पार्टीको बैठक सञ्चालन कार्यविधिविपरीत आन्तरिक छलफलको विषय पार्टी रणनीति र कूटनैतिक रुपमा गलत हुने भएकोले सार्वजनिक गर्न नहुने अडान राखे ।

त्यसपछि सभापति लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव निर्णयार्थ पेश गरे । सभापति लामिछाने र महामन्त्री ढकाललाई सहभागी नगराइएको प्रक्रियामा सतप्रतिशत सदस्यले लाइभ गर्न नहुनेमा अभिमत दिए । एक नेताका अनुसार सभापति लामिछानेले बैठकको लाइभ नहुने निर्णय तत्कालै सुनाए ।

सदस्यहरूको अभिमतअनुसार सभापतिले सुनाएको निर्णयमा महामन्त्री ढकालले असहमति जनाए।

उनले विरोधस्वरुप मुखमा मास्क र टेप लगाएर बैठकमा सहभागी भए । ढकालको निर्णय र गतिविधि बैठक सञ्चालनको विधि, प्रक्रिया र कार्यविधि एवं पार्टी अनुशासन र हितविपरीत रहेको भन्दै सदस्यहरूले आपत्ति जनाए । त्यसपछि सभापति लामिछानेले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

महामन्त्री ढकालका गतिविधिलाई अनुशासनको विषय बनाउने र आयोगले थप हेर्ने सहमतिपछि सभापतिले बैठक अगाडि बढाएका थिए। जसअनुसार यसअघि मिडियामा जथाभावी बोलेको आरोप झेलिरहेका ढकालमाथि यस प्रकरणमा पनि थप कारबाही हुने भएको छ ।

ढकालका गविविधि र अभिव्यक्तिले आन्तरिक लोकतन्त्रबारे पार्टी पंक्ति र सर्वसाधारणलाई जानकारी दिन बैठकको सुरुदेखि अन्त्यसम्मका प्रक्रिया सार्वजनिक गर्ने सहमति पनि नेताहरूले गरेका छन् ।

आजको बैठकमा सभापति लामिछानेले महामन्त्री ढकाललाई समीक्षा यात्राको प्रतिवेदन प्रस्तुत गर्न समय दिएका थिए । तर, ढकालले प्रस्तुत नगर्ने अडान लिए ।

उनले प्रतिवेदन प्रस्तुत नगर्ने भनेपछि सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरे । उनले १ घण्टा ३५ मिनेट लगाएर ढकालको ३२ पृष्ठको प्रतिवेदन पढेर सुनाएका छन् । बैठकमा ढकालको प्रतिवेदनमा छलफल जारी छ। प्राय: सबै सदस्यले धारणाा राखिसकेका एक नेताले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ५६ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले