तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि « Khabarhub

तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले पछिल्लो तीन वर्षमा मुलुकको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढिले वृद्धि भएको जनाएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर दासले पछिल्लो तीन वर्षमा भारतको अर्थतन्त्र औसतमा ८ दशमलब ५ प्रतिशतले वृद्धि भएको जनाएका हुन् ।

उनले यस वर्ष पनि भारतीय अर्थतन्त्र ७ दशमलब २ प्रतिशतले वृद्धि हुने उल्लेख गरे । ‘यदी तपाईँ भारतको औसत आर्थिक वृद्धि हेर्नुहुन्छ भने पछिल्लो तीन वर्षमा यो ८.३ प्रतिशतले बढेको छ र यो वर्ष ७.२ प्रतिशतले वृद्धि हुने हाम्रो प्रक्षेपण छ ।’

गभर्नर दासलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।उनले विश्व अर्थतन्त्रमा भारतको योगदान उल्लेख्य रुपमा वृद्धि भइरहेकोमा सन्तोष पनि व्यक्त गरेका छन् ।

उनले आफ्नो मुलुक ८ प्रतिशतको दिगो आर्थिक वृद्धिको दिशामा अघि बढिरहेको उल्लेख पनि गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले