तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि « Khabarhub

तीन वर्षमा भारतको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढीले वृद्धि


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासले पछिल्लो तीन वर्षमा मुलुकको अर्थतन्त्र आठ प्रतिशतभन्दा बढिले वृद्धि भएको जनाएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर दासले पछिल्लो तीन वर्षमा भारतको अर्थतन्त्र औसतमा ८ दशमलब ५ प्रतिशतले वृद्धि भएको जनाएका हुन् ।

उनले यस वर्ष पनि भारतीय अर्थतन्त्र ७ दशमलब २ प्रतिशतले वृद्धि हुने उल्लेख गरे । ‘यदी तपाईँ भारतको औसत आर्थिक वृद्धि हेर्नुहुन्छ भने पछिल्लो तीन वर्षमा यो ८.३ प्रतिशतले बढेको छ र यो वर्ष ७.२ प्रतिशतले वृद्धि हुने हाम्रो प्रक्षेपण छ ।’

गभर्नर दासलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।उनले विश्व अर्थतन्त्रमा भारतको योगदान उल्लेख्य रुपमा वृद्धि भइरहेकोमा सन्तोष पनि व्यक्त गरेका छन् ।

उनले आफ्नो मुलुक ८ प्रतिशतको दिगो आर्थिक वृद्धिको दिशामा अघि बढिरहेको उल्लेख पनि गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ५४ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको