एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा « Khabarhub

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ समर्थन फिर्ता लिँदैसरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

संविधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रवधान रहेको छ । तर संसदमा रहेका प्रमुख ठुला दुई दलनै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ ।

माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ ।

याे पनि…

दुई दलको दबाब पर्दा पनि किन दिएनन् प्रधानमन्त्रीले राजीनामा ?

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : १० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्