महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी | Khabarhub Khabarhub

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही गर्ने तयारी गरेको छ।

उनलाई पार्टीबाट तत्काल बर्खास्त नगर्ने तर सामान्य कुनै जिम्मेवारीमा हेरफेर गर्ने गरी कारबाही हुनसक्ने केन्द्रीय समितिको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हाम्रो पार्टीमा सबैको विचार समान हुँदैन् । कसैले अलि आक्रमक विचार राख्दैमा पार्टीले बर्खास्त गर्ने र पार्टी पार्टीबाट नै निकाल्ने हुँदैन’ बैठकमा सहभागी एक नेताले भने, ‘सामान्य खालको केही कारबाही गर्न गर्नेसम्म हुनसक्छ ।’

महामन्त्री ढकालले आज बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाइरहेका छन्।

यति मात्र होइन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको बताइरहेका छन्।

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ११ : ०१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले