आर्थिक

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

August 03, 2024

काठमाडौं – आज २०८१ साल साउन १९ गते शनिबार सन् २०२४ अगष्ट ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?