नयाँ पर्यटकीय गन्तव्य कागेश्वरी, मडिचुड हुँदै धाप ड्याम (फोटो फिचर) « Khabarhub

नयाँ पर्यटकीय गन्तव्य कागेश्वरी, मडिचुड हुँदै धाप ड्याम (फोटो फिचर)


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका-१, रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ।

वर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो।

‘बाग्मती सरसफाइको उद्देश्यले बाँधको निर्माण सुरु गरिएको भए पनि अहिले यो ताल पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्य स्थलको रूपमा परिचित हुँदैछ ।

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ। ड्याम अवलोकन गर्न आउने पर्यटकले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखला र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन्।

धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ। यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ। त्यसैगरी धाप ड्याम बाट तीन किलोमिटर दुरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुनः काठमाडौं फर्कन सकिन्छ।

चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ।

त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ। यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ।

धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरेर २५० रुपैयाँ तिर्नुपर्छ।

‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधार बनिसकेका छैनन्। केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारको निर्माण कार्य सुरु भइरहेको छ। तस्बिरः फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ४२ बजे

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै