किम जोङको समर्थन ट्रम्पलाई ! | Khabarhub Khabarhub

किम जोङको समर्थन ट्रम्पलाई !


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका कम्युनिष्ट तानाशाह किम जोङ उनले अमेरिकी राष्ट्रपतिमा आफ्ना पूर्व समकक्षी डोनाल्ड ट्रम्पलाई चाहेका दाबी गरिएको छ । प्योङयाङबाट भागेका एक उच्च अधिकारीले यस्तो दाबी गरेका बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारी रि इल क्यू हुन्‌, जो सन्‌ २०१६ पछि उत्तर कोरियाबाट भाग्ने सबैभन्दा उच्च ओहदाका हुन्‌ । उनी किम जोङ उनसँग कम्तिमा सातपटक एउटै मञ्‍चमा देखिएका थिए ।

दक्षिण कोरियातर्फ भाग्नुअघि उनी क्यूबामा उत्तर कोरियाका लागि काम गर्थे । उनका अनुसार झट्ट हेर्दा किम सामान्य व्यक्तिजस्ता देखिन्छन्‌, तर आफ्नो अस्तित्वका लागि जे सुकै पनि गर्न सक्छन्‌ ।

उत्तर कोरिया आणविक शक्ति र हतियारसम्पन्न मुलुक हो । शान्ति वार्ताका लागि भन्दै सन्‌ २०१९ मा ट्रम्प र किमले भेटघाट गरेका थिए । तर, सो वार्ता निस्कर्षमा नपुगी टुङ्गिएको थियो ।

सो वार्तापछि पनि उत्तर कोरियाको संस्थापनलाई ट्रम्प नै अमेरिकी राष्ट्रपति भए आणविक कार्यक्रमबारे अमेरिकासँग वार्ता गर्न सहज हुने लागिरहेको रि इल क्यूले बताएका हुन्‌ ।

डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँग भएको वार्ता र कूटनीतिक सम्बन्धलाई आफ्नो कार्यकालको महत्वपूर्व उपलब्धि भएको बताइसकेका छन्‌ ।

गत महिना आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले पनि आफूलाई किम जोङले पुनः अमेरिकी राष्ट्रपति कार्यालयमा देख्न चाहेको दाबी गरेका थिए । साथै, किम जोङले सम्झिरहेको आफूलाई लागेको उनले बताएका थिए ।

रि इल क्यूका अनुसार, उत्तर कोरिया ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहन्छ । तर, गत महिना उत्तर कोरियाले अमेरिकामा को राष्ट्रपति बन्छ भन्ने कुराले आफूलाई कुनै फरक नपर्ने जनाएको थियो ।

उत्तर कोरियाले परमाणु हतियार चाहिँ कहिल्यै नष्ट नगर्ने रि इल बताउँछन्‌ । यसको साटो आफूमाथि लागेको प्रतिबन्ध हटाउनका लागि परमाणु कार्यक्रम रोक्न चाहिँ सहमत हुनसक्ने उनको दाबी छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ४३ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ