पाकिस्तानमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्दा आफ्नै बाबु र काकाले काटिदिए खुट्टा | Khabarhub Khabarhub

पाकिस्तानमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्दा आफ्नै बाबु र काकाले काटिदिए खुट्टा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्ने एक जना महिलाको खुट्टा काटिएको घटना बाहिरिएको छ । यो घटना पाकिस्तानको गुल शहरको हो ।

श्रीमानले बारम्बार आफूमाथि हिंसा गर्ने गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहने महिलाको खुट्टा उनकै बाबु र काकाले काटिदिएका हुन् ।
घटनामा सोबिया बतुल शाह गम्भीर घाइते भएकी छिन् । उनी हिड्नै नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

बाबु सइद मुस्तफा शाह र उनका काकाहरु सइद कुरबान शाह, एशान शाह, शाह नवाज र मुस्ताक शाह मिलेर सोबियाको खुट्टा काटिदिएको पाकिस्तानको जियो न्युजले जनाएको छ ।

बन्चरो प्रहार गरेर सोबियाको कुट्टा काटेपछि उनीहरु फरार भएका थिए ।

प्रहरी घटनास्थल पुग्दा सोबिया रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै नवाव शाह अस्पताल लगिएको जियो न्युजले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ४१ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास