सुपारीबाट मनग्य आमदानी : एक करोड ८० लाखका बिरुवा बिक्री « Khabarhub

सुपारीबाट मनग्य आमदानी : एक करोड ८० लाखका बिरुवा बिक्री


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछी बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए।

‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’

मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।

उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए। बिक्री भएका १० हजार बिरुवाबाट उहाँले रु १२ लाख आम्दानी गरेका छन् ।

किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।

सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए। केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उहाँको भनाइ छ ।

झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जंगली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् । 

खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ । 

नेपाल सुपारीखेती जोन झापाका जिल्ला अध्यक्ष दीपक गौतमले जिल्लाको अर्जुनधारा, मेचीनगर, बुद्धशान्तिका वडालाई समेटर सुपारी जोन घोषणा गरिएको बताए। उनले जोन अन्तर्गत सात सय ७८ हेक्टर क्षेत्रफलमा सुपारीको व्यावसायिक खेती भइरहेको बताए । 

यहाँका नर्सरीहरुमा उत्पादित सुपारीका बिरुवा किन्न इलाम, मोरङ र सुनसरीदेखिका किसान आउने गरेका छन् । नागबेली सुपारी सहकारी संस्था र रमिते सुपारी सहकारी संस्थाले ठूलो सङ्ख्यामा सुपारीका बिरुवा उत्पादन गरेर बिक्री गरिरहेको जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  २ : १७ बजे

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको

असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७ गते पार्टीको केन्द्रीय

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै