स्वीडेनद्वारा लेबनानस्थित आफ्नो दूतावास बन्द « Khabarhub

स्वीडेनद्वारा लेबनानस्थित आफ्नो दूतावास बन्द


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– स्वीडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ । हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दुतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।   

यस हप्ता भएको हमास र हेजबुल्लाह नेताहरूको हत्याले गाजा युद्धको बीचमा थप क्षेत्रीय तनाव बढाएको छ ।

स्वीडेनको विदेश मन्त्रालयले आफ्ना कर्मचारीलाई बेरुत छोडेर साइप्रस जान निर्देशन दिँदै दूतावास अस्थायी रूपमा स्थानान्तरण गर्ने योजना बनाइरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले  बताए।  

उक्त निर्णय सुरुआती चरणमा अगस्ट महिनाको लागि लिइएको जनाउदै उनले सुरक्षा अवस्थाका आधारमा विस्तार गर्न सकिने उल्लेख गरेका छन् ।  

विदेश मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी गरिएको चेतावनी बावजुत दश हजार स्वीडेनका नागरिक लेबनान गएका हुनसक्ने उल्लेख गर्दै विदेश मन्त्री बिलस्ट्रोमले लेबनानमा रहेका स्वीडेनका नागरिकलाई सो देश छोडी अन्यत्र जान आग्रह गरेका छन् ।  

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ५४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका