इजरायलको ड्रोन हमलामा हमासका थप एक नेताको मृत्यु « Khabarhub

इजरायलको ड्रोन हमलामा हमासका थप एक नेताको मृत्यु


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले गरेको ड्रोन हमलामा गाजापट्टीस्थित हमासका थप एक नेतासहित पाँच जनाको ज्यान गएको छ ।

प्यालेस्टाइनको चिकित्सा विभागले वेस्ट बैंकको एक इलाकामा इजरायलले गरेको ड्रोन आक्रमणबाट ती मानिसहरूको ज्यान गएको जानकारी दिएको हो ।

इजरायली सेनाले सो ड्रोन हमलाको लक्ष्य तुलकरम शहर नजिक रहेको उग्रवादीहरूको एक अखडा रहेको जनाएको छ । सवारीसाधन चढेर इजरायलमाथि आक्रमण गर्न अघि बढिरहेका पाँच बन्दुकधारीहरूलाई निशाना बनाएको उसले दाबी गरेको छ ।

प्यालेस्टाइनी मिडियाहरूका अनुसार इजरायली हमलामा मारिएका हमास नेताको नाम हैथम बलिदी हो । उनी हमासका सैन्य शाखा इज्ज-ए-दीन अल-कस्साम ब्रिगेडका स्थानीय कमाण्डर थिए ।

पछिल्लो एक हप्तामा इजरायलले आफ्नो सूचीमा राखेका तीन ठूला ‘दुश्मन’हरूको हत्या गरिसकेको छ । गत बुधबार इरानको राजधानी तेहरानमा हमासका शीर्ष राजनीतिक नेता इस्माइल हनिया मारिएका थिए ।

लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामा गरिएको हमलामा हिज्बुल्लाहका शीर्ष कमाण्डर फौद शुक्र मारिएको इजरायली सेनाले जानकारी दिएको थियो ।

त्यसलगत्तै इजरायलले हमासका सैन्य प्रमुख मोहम्मद दिएफको मृत्यु पुष्टि गरेको थियो । १३ जुलाइमा खान यूनिसमा गरेको हमलामा दिएफको मृत्यु भएको जानकारी इजरायली सेनाले यसै साता सार्वजनिक गरेको हो ।

यो पनि-

इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने अमेरिकी घोषणा

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका