कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने « Khabarhub

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन २१ गते विश्वासको मत लिने भएका छन्। 

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए ।

 उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ६ : ३६ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका