ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला | Khabarhub Khabarhub

ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताएका छन्  ।

आज काठमाडौंमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताएका हुन् । उनले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन पनि गर्ने बताए । 

कार्यक्रममा बोल्दै बर्तौलाले भने,- ‘२०७४ सालको आम निर्वाचन पछाडि पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्य देखि संघीय सांसद सम्मको जनप्रतिनिधिहरू सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनु पर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनु पर्छ तर मन्त्री मण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरूलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।’ 

 बर्तौलाले थपे, ‘एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरूले सुतेर बिताएको छैन ।’

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ०५ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका