राज्य सुहाउँदो शिक्षा नीति निर्माणमा ढिलाई गर्नुहुँदैन : पूर्व शिक्षामन्त्री शर्मा « Khabarhub

राज्य सुहाउँदो शिक्षा नीति निर्माणमा ढिलाई गर्नुहुँदैन : पूर्व शिक्षामन्त्री शर्मा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य सुहाउँदो शिक्षा नीति निर्माणका लागि ढिलाई गर्न नहुने बताएका छन् 

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको भन्दै राज्य सुहाउँदो शिक्षा नीति निर्माण गर्नुपर्ने बताएका हुन्  । 

आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले राजनीतिक परिस्थितिका कारणले सफल नभएको धारणा राखे । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरू नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरूले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा पुगेको उल्लेख गरे । अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतीजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए  । साथै, शिक्षा क्षेत्रमा रिवार्ड एण्ड पनिसमेन्टको व्यवस्था नगरेसम्म नतिजा नसुध्रिने उनले बताए ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयमा पठनपाठन भएको छैन भन्ने कुराको परिणाम नतिजाले देखाएको बताए  । संसारको अभ्यासलाई हेर्दा विद्यालयस्तरको परीक्षामा ५२ प्रतिशतमात्रै पास हुने कुरा लज्जास्पद रहेको उनले बताए । 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै