माओवादी घटक एकठाउँमा उभिनुपर्छः हरिबोल गजुरेल « Khabarhub

माओवादी घटक एकठाउँमा उभिनुपर्छः हरिबोल गजुरेल


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा आज पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

“विसं २०७० मा संविधानमा माओवादीको एजेण्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो, त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर संविधान निर्माण गरेका थियौँ । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन”, उनले भने।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको उनले उल्लेख गरे । त्यस अवसरमा टाइसन केरुङले आफूसँगै समाजवादी युवासङ्घ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए । उनले भने, “सङ्घीयता, धर्म निरपेक्षता, पहिचानलगायत मुद्दा उठाउने पार्टीलाई सशक्त बनाउनका लागि हामी माओवादीमा प्रवेश गरेका हौँ ।”

पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुलुकको राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताए ।

पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले पार्टीलाई सवल र मजबुद बनाउन निरन्तर लागिरहने बताउनुभयो । प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, धर्मशिला चापागाईँ, झापा संयोजक राजु आचार्य, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ११ बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा