देश र जनताका पक्षमा प्रतिबद्ध छु : प्रेम आले | Khabarhub Khabarhub

देश र जनताका पक्षमा प्रतिबद्ध छु : प्रेम आले


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग र अधिकारका पक्षमा वकालत गर्ने बताए ।

डेटीको बुडरमा निर्माण भइरहेको बुडर शाक्य एकेडेमी विद्यालय निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पालशाक्य गुम्बाका लागि बजेट विनियोजन गराएको र अब बुडर शाक्य एकेडेमी विद्यालयका लागि पनि सहयोग गर्ने बताए ।

पूर्वमन्त्री आलेले आफू बुडर क्षेत्रकै बासिन्दा भएकाले पनि त्यहाँ निर्माण हुने विद्यालयको भवनसहित अन्य विकासका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त विद्यालय आफू पहिलोपटक गाउँपालिका अध्यक्ष भएका बेला २०६८ सालमा बजेट विनियोजन गरी सञ्चालन गरेको र आगामी दिनमा पनि चाहिने बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए ।

विद्यालय संस्थापक रिम्पोछेनवाङ लोदेले जोरायल गाउँपालिका तथा पूर्वमन्त्री एवं सांसद प्रेमबहादुरको सहयोगमा बुडरमा विद्यालय सञ्चालन गर्न सकिएको र अबका दिनमा सञ्चालनका लागि पनि सहयोग रहने विश्वास व्यक्त गरे ।

बुडरका बालबालिकाका लागि पूर्ण छात्रवृत्तिमा विद्यार्थीका लागि निःशुल्क विद्यालय सञ्चालन गर्ने उद्देश्यले बुडर शाक्य एकेडेमीले आज काठमाडौंमा हिमालयन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ३५ बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत