बालबालिकाका लागि घातक बन्दै मोबाइल | Khabarhub Khabarhub

बालबालिकाका लागि घातक बन्दै मोबाइल


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिक्सले एउटा रिपोर्ट अनुसार धेरै राज्यमा विद्यालयमा बालबालिकालाई मोबाइल चलाउन पूर्ण बन्देज लगाइएको छ। गैर शैक्षिक कार्यका लागि बालबालिकालाई मोबाइल फोन नदिन कानुनकै आवश्यकताका लागि बहससमेत भएको छ।

झट्ट यो विषय सुन्दा अभिभावक असन्तुष्ट पनि हुन सक्छन्। यसका दुई प्रमुख कारण छन्। पहिलो कारण उनीहरू चाहेको समयमा बालकको सम्पर्कमा आउन चाहन्छन्। चाहे त्यो विद्यालय होस या घर। दोस्रो आफू व्यस्त रहेको समयमा उनीहरूले बालक स्मार्ट फोनमा रमाउँदा हलुको भएको महसुस गर्छन्।

अमेरिकामा भएको कमन सेन्स मिडिया स्टडीको रिपोर्ट अनुसार ११ देखि १७ वर्षका बालकमध्ये ९७ प्रतिशतले विद्यालयमै ४३ मिनेट भन्दा बढी मोबाइल चलाउँछन्। यस कारण साथीको बिचमा बोलचालमा समेत कमी आउन थालेको छ।

साइकोलिजिस्ट जोनाथन हेइडटले गम्भीर सङ्कटको चेतावनी दिइसकेका छन्। उनले अबको पुस्तालाई एन्जाइटी पुस्ताको रूपमा नामकरण नै गरिसकेका छन्। धेरैको तर्क बालबालिकालाई मोबाइलले स्मार्ट बनाउन सक्छ भन्ने पनि छ। मोबाइलले धेरै कुरा सिकाउन र समस्याको समाधान गर्न पनि सिकाउँछ भन्ने विश्वास गर्छन्।
यस कारण सामाजिक र व्यक्तिगत जीवनमा आउने समस्याबाट उनीहरूलाई बचाउन सक्छ र एन्जाइटीबाट हटाउँछ भन्ने एक थरीको सोच छ। मनोचिकित्सकका अनुसार सो सोच सरासर गलत हो।

अमेरिकामा मोबाइलको असर ?
अमेरिकाको प्यु रिसर्च सेन्टले जुन महिनामा गरेको अध्ययनका अनुसार मोबाइलले कक्षा कोठाको वातावरण ७२ प्रतिशत बिगारी रहेको छ। मोबाइलमा अल्झिएमा उनीहरू पढाइमा एकाग्र हुन नै सक्दैनन्। धेरै अध्ययनले के तथ्य पत्ता लगाएको छ भने मानिसको मस्तिष्क एकै पटक दुई विषयमा लाग्न सक्दैन।

धेरै अध्ययनले अर्को कुरा पनि प्रस्ट पारेको छ। प्रि मोबाइल युगको भन्दा विद्यार्थीको सिक्ने क्षमतामा ह्रास आइसकेको छ। यो समस्या विज्ञान, गणित र भाषामा समेत हुने निष्कर्ष अध्ययनको छ। गत वर्ष अमेरिकाको एक शिक्षण संस्थामा ३० वर्षमा सबै भन्दा कम अङ्क विद्यार्थीले ल्याएका थिए।

पाँच फरक विश्व विद्यालयमा पढाइरहेका एक प्राध्यापकको अनुभव पनि त्यस्तै छ। उनले स्मार्टफोनको युग भन्दा अघिका विद्यार्थीमा पढाइप्रतिको चासो बढी थियो। स्मार्ट फोन युग पछि त्यस चासोमा कमी आएको छ।

स्मार्टफोनका व्यापारीले नै यसको डिजाइन मानिसलाई लतमा फसाउने ढङ्गले बनाएका छन्। मोबाइलमा धेरै खेल राखिएका हुन्छन्। नोटिफिकेसन पनि आउँछ। यी सबै कारणले मानिसहरूको स्मार्टफोनको अनावश्यक लतमा फस्ने गरेका छन्। यो समस्या बालक मात्र होइन सबैको हो।

कमन सेन्स मिडियाले गरेको एक अध्ययन अनुसार एउटा टिनएजरले मोबाइलमा दैनिक २३७ सम्म नोटिफिकेसन देख्नसक्छ। स्मार्ट फोनले जीवनलाई सहज बनाएको छ।

आवश्यक परेको समयमा उपयोग गर्ने र अन्य समयमा यसलाई बेवास्ता गरेमा जीवन सहज हुनसक्थ्यो। तर यसको लतमा नफस्ने व्यक्ति विरलै छन्।

अध्ययनको निष्कर्ष

फोनलाई बालकबाट लुकाएर राख्नु पनि घातक हुनसक्छ। बालकको ध्यान त्यो फोनको खोजीमा गहिरहेको हुन्छ। जसले गर्दा अन्य विषयमा चासो नदिएका धेरै घटना पनि छन्। मोबाइल मै बालकले क्राइम फिल्म हेर्ने गरेकाले आफूलाई कुनै आपराधिक काम गर्न पनि सुरक्षित महसुस गर्न सक्ने जोखिम छ।

अर्को महत्त्वपूर्ण कारण स्मार्टफोनले लैङ्गिक हिंसाको जोखिम समेत बढाएको छ। ५९ प्रतिशतले स्मार्ट फोनको कारण आफूलाई असहज भएको स्वीकार गरेका छन्। टिन एजको नजिक पुगेका ५ मध्य १ ले स्मार्टफोनलाई गलत प्रयोग गरेको बताएका छन्।

यदि बालकलाई केही सिक्नकै लागि मात्र कुनै समय मात्र मोबाइल दिएमा यसले सहयोग गर्न सक्छ। किनकी यसका सकारात्मक पाटा पनि नभएका पक्कै होइनन्। तथापि मोबाइल दिइसकेपछि अभिभावकको निगरानी भने अत्यन्त जरुरी मानिएको छ।

मनोचिकित्सक हेइड् पनि बालकलाई फोन दिएर छाड्दा आवश्यक पर्दा सम्पर्क गर्ने र अन्य उपयोग नगर्ने भन्ने सम्भावना अत्यन्त कम छ।

‘ओल्डर एडलोसेन्ट’को रूपमा परिचित १८ देखि २० वर्षमा एउटा अध्ययन गरिएको थियो । कुनै पनि प्रश्नको उत्तर उनीहरू स्मार्टफोनमा नै खोज्ने गरेका छन्। यसै कारण त्यो पुस्तामा आत्मविश्वास हराउँदै गएर अप्रत्यक्ष रूपमा डिप्रेसनको जोखिम बढाउँदै लगेको एरिजोना विश्वविद्यालयका डिपार्टमेन्ट अफ कम्युनिकेसनका असिस्टेन्ट प्रोफेसर म्याथ्यु लिम्पायर बताउँछन्।

फोनको लतमा फसेपछि बालकको स्वभावमा केही परिवर्तन पक्कै आउँछ। सधै फोन साथमा राख्ने मात्र होइन, उनीहरूको प्रस्तुत हुने तरिकामा पनि परिवर्तन देखिनसक्छ। यो नै मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो। स्मार्टफोनको खराब पाटो भनेको यसको आदत हुनेहरूको भावनात्मक संवेगमा अनियमित हुन्छन्। एकै पटक मानिसमा परिवर्तन आउन सक्छ। यसकै कारण अनिन्द्राको समस्या समेत बढ्न सुरु हुन्छ।

कोरिया विश्वविद्यालयका प्राध्यापक हायुङ सिक सियोले सन् २०१७ मै एक रिपोर्ट सार्वजनिक गरेका थिए। उनका अनुसार स्मार्टफोनमा धेरै झुम्मिने टिनएजरको मस्तिष्कमा केमिकल असन्तुलन हुन्छ। यसले डिप्रेसन र एन्जाइटीको जोखिम बढाउँछ। यो समस्या अझ सामाजिक सञ्जालमा धेरै भाइरल भएका भिडियोमा हुन्छ।

त्यस समयमा सियोसहित १९ जना प्राध्यापकको टोलीले १० महिला तथा ९ पुरुष गरी १८ जना स्मार्टफोन लत भएका बालबालिकामा अध्ययन गरेको थियो। यसै आदत नभएका अन्य १० जनाको साथमा भिन्न अध्ययन गरिएको थियो। म्याग्नेटिक रेसोनेन्स स्पेक्ट्रोसकपी प्रविधि मार्फत उनीहरूको मस्तिष्कको धेरै रसायनको परीक्षण गरिएको थियो। ९ साता लामो अध्ययनले स्मार्टफोन प्रयोगमा धेरै समस्या पाइएको थियो। यो अध्ययनपछि केमिकल असन्तुलनको रहस्य अझ धेरै पुष्टि भएको थियो। संसारमा यसपछि पनि बारम्बार यसै किसिमका अध्ययन भएका छन्, जुन अध्ययनले अबको पुस्तालाई मोबाइलकै कारण डिप्रेसन र एन्जाइटीतर्फ लैजाने त होइन भन्ने चिन्ता बढाएको छ। स्रोत : सिएनएन, प्यारेन्ट्स डटकम, मेडिकल न्युज टुडे

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ५२ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन