एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने « Khabarhub

एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

आज पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

चन्द्रपुरलाई एन्फाले सिधै लिग खेल्ने अवसर दिएको हो भने कर्णाली प्रदेश छनोट प्रतियोगिताबाट आएको हो ।

यस्तै, दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सोही मैदानमा हुनेछ ।

लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब गरी १० टिम सहभागी छन् ।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : २० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी