बन्धक फिर्ता गर्न नसकेकोमा इजरायली प्रधानमन्त्रीले नेतान्याहुले मागे माफी « Khabarhub

बन्धक फिर्ता गर्न नसकेकोमा इजरायली प्रधानमन्त्रीले नेतान्याहुले मागे माफी


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत शनिबार गाजामा मृत भेटिएका ६ बन्धकलाई फिर्ता गर्न नसकेकोमा देशका नागरिकसँग माफी मागेका छन् ।

सरकारको समन्वय नगर्दा बन्धकहरु मारिएको भन्दै देशको सबैभन्दा ठूलो मजदुर संगठन हिटाडरुटको नेतृत्वमा सुरु भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री नेतान्याहुले माफी मागेका हुन् ।

आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिइएको छ । हमासले अपहरण गरेकामध्ये अझै ९७ जनाको अवस्था अज्ञात रहेको छ ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु आफ्नो अडानबाट पछि नहटे बाँकी बन्धक पनि मारिन सक्ने जनाए छन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले युद्धविराम सम्झौता नभए अरू बन्धक पनि ‘कफन लगाएर घर फर्कने’ चेतावनी दिएको छ ।

गाजाको फिलाडेल्फी करिडोर आफनो कब्जामा ल्याउन इजरायली सेना लागिपरेको भन्ने अभिव्यक्तिले थप मानवीय क्षति हुने भन्दै नेतान्याहुको अभिव्यक्तिप्रति प्रदर्शनकारीहरुले आपत्ति जनाएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा छ वटा शव फेला पारेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १० : ३१ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)