यस्ता छन् कतारका लागि प्रस्तावित राजदूत पौडेलका कार्ययोजना « Khabarhub

यस्ता छन् कतारका लागि प्रस्तावित राजदूत पौडेलका कार्ययोजना

नेपाली श्रमिकको हितमा क्रियाशील हुने प्रतिबद्धता


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलबारे संसदीय सुनुवाइ गरेको हो ।

त्यस क्रममा प्रस्तावित राजदूत पौडेलले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरे ।

उनले नेपाल र नेपालीको सर्वोपरि हित रक्षा गर्नु र प्रवर्द्धन गर्ने, कतार सरकारसँगको सम्बन्ध विस्तार र सवल बनाउन नेपालको प्रतिनिधि भइ आवश्यक कार्यसम्पादन गर्ने बताए ।

कतार र नेपालबीच श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम् प्रयास गर्ने उनले बताए ।

रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगायतका कार्य गर्ने पौडेलले उल्लेख गरे ।

यसअघि समितिले आइतबार र सोमबार इजरायल, मलेसिया, पाकिस्तान, पोर्चुगल, चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरेको थियो ।

समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने जनाएको छ । त्यस्तै भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका समितिले बनाएको छ ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ११ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन