बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ | Khabarhub Khabarhub

बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् ।

‘अहिले जनता एकदमै आतंकित भएको, त्रसित भएको महसुस गरेका छौँ । हिजो मात्रै जनता महानगरको कार्यालयमा घेर्न आएका थिए । अहिले वडाहरूका कार्यालय जनताले घेर्न थालेका छन्’, उनले भनिन्, ‘सम्मानित अदालतले गरेको आदेशलाई हामीले सम्मान गर्नुपर्छ । सम्मान गर्ने क्रममा, कार्यान्वयन गर्ने क्रममा कसरी जाने भन्ने हेक्का राख्नुपर्छ । हामीले जनतालाई कुनै माध्यमबाट सुसूचित गर्ने कुरामा पनि कसरी लेखिएको छ भन्ने महत्वपूर्ण हुन्छ । एउटा शब्दमै खेल्ने कुरा धेरै हुन्छ । प्रमुखस्तरीय निर्णयअुनसार सूचना प्रकाशित गरिएको भनिएको छ। तर महानगरको निर्णय हो कि होइन भन्ने हेक्का राखौँ ।’

उनले महानगरका कुनै पनि निर्णय संवेदनशील हुने र जनतासँग, उनीहरूका भावनासँग जोडिएका हुनेतर्फ मेयर साहलाई सचेत गराएकी छन् ।

‘महानरमा सानोभन्दा सानो कुरामा छलफल हुन्छ भने यस्तो संवेदनशील विषयमा थाहा नपाउने हुनु भएन । हामीले सूचनाबाट थाहा पाउने भन्ने कुरा ठीक होइन । हामीले क्षतिलाई कसरी काम गर्न सकिन्छ भन्ने पनि सोचौँ’, उनले भनिन्, ‘अदालतले गरेको निर्णय सदैव जनतको हितमा हुन्छ भन्ने पनि छैन । एउटा निर्णय भएको छ भने हामी पुनरावलकोनमा जानुपर्छ । यस्ता गम्भीर इस्युमा जनता सडकमा आइसकेपछि त्यसलाई डिफेन्स गर्ने होइन । पहिले नै जनतालाई सुसूचित गरौँ, हामीबीच बढी भन्दा बढी सहकार्य र छलफल हुनु आवश्यक छ। यदि त्यसो नहुने हो भने समस्या हुन्छ।’

उनले जनभावनाविरुद्ध महानगरको नेतृत्व गएको भनेर जनताले बुझ्न थालेका पनि बताइन् । ‘यो निर्णय मेरो पनि हो भनेर हामी हरेकले अपनत्व लिन छलफल हुनुपर्छ । पहिले नै थाहा हुनसके हामीले जनतालाई बुझाउनुपर्छ । यस्तो संवेदनशील विषयमा आफूखुसी निर्णय नगरौँ’, उनले भनिन्, ‘अरुलाई मात्रै यो गल्ती भएको छ भनेर सुधार भन्ने कि आफू पनि सुशासनको बाटोमा लाग्ने ?’

उपमेयर डंगोलले बजारमा आर्थिक ऐन आइसकेपछि गलत सूचना जान थालेकोतर्फ पनि ध्यानाकर्षण गराइन् । ‘अहिले हामीलाई वडामा गाह्रो भएको छ भन्न थालेका छन् । राजस्व समितिले बसेर निर्णय गरिसकेपछि प्रमाणीकरणका लागि पठाइसकेछि, सम्पत्ति कर कसरी लिने भनेर पठाइसकेपछि विवरण फेरिएर आउँदा हामी आफैं सरप्राइज हुनुपर्ने अवस्थाको जिम्मेवार को हुने ? वेबसाइटमा पठाइएको ड्राफ्टमा फरक हुन्छ भने छलफल हुनुपर्छ कि पर्दैन ?’

उनले महानगरका निर्णयहरू हतारमा गरेर फुर्सदमा पछुताउने अवस्था आउन नदिने बताएकी छन् । यदि महानगरको नेतृत्वले आफूखुसी निर्णय गर्ने हो भने आफूले त्यसलाई नमान्ने पनि बताएकी छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ०८ बजे

दशैँका लागि काठमाडौँबाट बाहिरिनेको संख्या बढ्दै

काठमाडौं– काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाख मानिस मानिस

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

काठमाडौँ– विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा

बाढीबाट मधेसमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति

धनुषा– हालैको बाढीपहिरो र डुबानबाट मधेस प्रदेशमा ८० करोड ४५

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा

पलाञ्चोक भगवतीमा दर्शनार्थीको भीड

काभ्रे– बडादशैँ अन्तर्गत नवरात्रको अवसरमा काभ्रेको पाँचखालस्थित पलाञ्चोक भवगत मन्दिरमा