६ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्बमाथि  « Khabarhub

६ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्बमाथि 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार भने केही बढेको छ । सोमबार १२ अर्ब ९१ करोडको कारोबार भएकोमा आज बढेर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको शेयर बजार सुरु भएको केही समयमै माथि गएको थियो । तर बजार पुन बजार लत झर्‍यो । आज दिनभर शेयर बजारको उतार चढाव कायम नै रह्यो ।

मंगलबार नेप्से न्यूनतम २८०२.९२ विन्दु र उच्चतम २८६०.४३ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा भने २८३० विन्दुमा पुग्यो । आज एकै दिने नेप्सेमा ३० अंकको करेक्सन भएको छ । आज ९ पटक बजार तल झरेर माथि गएको थियो ।

आज बजार ६ अंकले बढ्दा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर १ लाख ४४ हजार १९७ पटक किनबेच भएको छ ।

आज १०६ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको थियो । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । आज ३२८ वटा कम्पनीको शेयर कारोबार भएको थियो ।

१३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढ्यो भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेर १४ हजार २१९.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह १.५७ प्रतिशतले घटेर ३६५१.२९ विन्दुमा पुगेको छ ।

त्यस्तै वाणिज्य बैंक ०.६७ प्रतिशतले, हाइड्रो ०.५० प्रतिशतले, लगानी ०.४४ प्रतिशतले, उत्पादन ०.१४ प्रतिशतले, म्यूचअल फण्ड ०.०३ प्रतिशतले, अन्य समूह ०.१८ प्रतिशतले र ट्रेडिङ समूह ०.४१ प्रतिशतले घटेको छ ।

साथै, विकास बैंक १.३२ प्रतिशतले, होटल ०.६५ प्रतिशतले, जीवन बीमा २.२८ प्रतिशतले र लघुवित्त समूह ०.३६ प्रतिशतले बढेको थियो ।

आज १२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ४ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : १८ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।