६ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्बमाथि  « Khabarhub

६ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्बमाथि 


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार भने केही बढेको छ । सोमबार १२ अर्ब ९१ करोडको कारोबार भएकोमा आज बढेर १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको शेयर बजार सुरु भएको केही समयमै माथि गएको थियो । तर बजार पुन बजार लत झर्‍यो । आज दिनभर शेयर बजारको उतार चढाव कायम नै रह्यो ।

मंगलबार नेप्से न्यूनतम २८०२.९२ विन्दु र उच्चतम २८६०.४३ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा भने २८३० विन्दुमा पुग्यो । आज एकै दिने नेप्सेमा ३० अंकको करेक्सन भएको छ । आज ९ पटक बजार तल झरेर माथि गएको थियो ।

आज बजार ६ अंकले बढ्दा ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर १ लाख ४४ हजार १९७ पटक किनबेच भएको छ ।

आज १०६ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको थियो । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । आज ३२८ वटा कम्पनीको शेयर कारोबार भएको थियो ।

१३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढ्यो भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेर १४ हजार २१९.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह १.५७ प्रतिशतले घटेर ३६५१.२९ विन्दुमा पुगेको छ ।

त्यस्तै वाणिज्य बैंक ०.६७ प्रतिशतले, हाइड्रो ०.५० प्रतिशतले, लगानी ०.४४ प्रतिशतले, उत्पादन ०.१४ प्रतिशतले, म्यूचअल फण्ड ०.०३ प्रतिशतले, अन्य समूह ०.१८ प्रतिशतले र ट्रेडिङ समूह ०.४१ प्रतिशतले घटेको छ ।

साथै, विकास बैंक १.३२ प्रतिशतले, होटल ०.६५ प्रतिशतले, जीवन बीमा २.२८ प्रतिशतले र लघुवित्त समूह ०.३६ प्रतिशतले बढेको थियो ।

आज १२ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप ४ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ३ : १८ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली