एन्फा महिला लिग : चन्द्रपुर र कर्णालीले बराबरी अंक बाँडे « Khabarhub

एन्फा महिला लिग : चन्द्रपुर र कर्णालीले बराबरी अंक बाँडे


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको सातौँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल भइन् ।

दोस्रो हाफमा कुनै गोल गर्न नसकेपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजनतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ४८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने