तीजको शुभकामना दिँदै हरिप्रभा भन्छिन्- नारीहरु आत्मनिर्भर र स्वावलम्बी बन्नु | Khabarhub Khabarhub

तीजको शुभकामना दिँदै हरिप्रभा भन्छिन्- नारीहरु आत्मनिर्भर र स्वावलम्बी बन्नु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले तीजको शुभकामना स्वरूप नारीहरूलाई आत्मनिर्भर तथा स्वावलम्बी बन्न सुझाएकी छन् । बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको तीज कार्यक्रममा बोल्दै उनले नारीहरूलाई आफै सक्षम बन्नुपर्ने कुरामा जोड दिन आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘राणा शासन फाल्न, निरंकुशता फाल्न, प्रजातन्त्र र लोकतन्त्र ल्याउन लडेका नारीहरूले अबको लडाई आर्थिक क्रान्तिका लागि लड्न आवश्यक छ ।’ साथै उनले नारीलाई घरकै गृहमन्त्री, घरकी लक्ष्मी भनेर घरभित्रै सीमित गरिएकोमा घर हाँक्ने मात्र नभई देशै हाँक्न नारी सक्षम भएको बताइन् ।

एक प्रसंगकाबीच उनले गाउँपालिकालाई महिलाका विभिन्न आयामहरूमा लगानी गर्न आग्रह गरेकी छन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् संविधानसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तीकरणको पाटोमा जिम्मेवार हुन सके मात्र समुन्नत समाज निर्माण हुने बताए । त्यसको साथै, गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पनि नारी शक्तिले नेतृत्व गर्ने समय आएको बताउँदै अबको नेतृत्वका लागि तयार रहन आग्रह गरेकी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष तारा राणाले कुराले मात्र महिला अघि बढ्न नसक्ने भएकोले महिलाका क्षेत्रमा उल्लेख्य लगानी गर्न आवश्यक रहेको बताएकी छन् ।

कार्यक्रममा नवराज ढुंगाना, स्मृति गौतम, वाइपी घिमिरे, गोपाल तिमिल्सिना, टंककृष्ण तिमिल्सना, सन्तबहादुर थापामगर, सोना थापामगरलगायतका कलाकारहरूले लोक दोहोरी गीत संगितले मनोरञ्जन गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ५३ बजे

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई 

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ