कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न एनपी साउदको माग  « Khabarhub

कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न एनपी साउदको माग 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।

साउदकाअनुसार कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौँ रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।

वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनी बास बसेका छन्,झ उनले भने ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्व न्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दुरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले तर उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्ष पीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए ।

‘म नेपाल सरकारलाई पूर्व न्यायाधीशको अध्यक्षतामा गैर राजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु’ उनले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ५६ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज