कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न एनपी साउदको माग  | Khabarhub Khabarhub

कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न एनपी साउदको माग 


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन् ।

साउदकाअनुसार कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौँ रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।

वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनी बास बसेका छन्,झ उनले भने ।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्व न्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दुरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले तर उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्ष पीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए ।

‘म नेपाल सरकारलाई पूर्व न्यायाधीशको अध्यक्षतामा गैर राजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु’ उनले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ५६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

बढी मूल्यमा पानी बेच्नेलाई दुईलाख रुपैयाँ जरिवाना

कास्की– तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक

धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन

म्याग्दी– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानका वाणिज्य बैंकहरुले अवैधानिक रुपमा ठूलो

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

सप्तरी– नवरात्र सुरु भएसँगै सप्तरीका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको