युक्रेनी सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ४१ जना मारिए « Khabarhub

युक्रेनी सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ४१ जना मारिए


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कियभ- मंगलबार भएको एउटा रूसी मिसाइल आक्रमणमा परेर युक्रेनको पूर्वी क्षेत्रमा कम्तीमा पनि ४१ जना मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले उक्त घटनाबारेमा जानकारी दिएका हुन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मंगलबार बताएअनुसार रूसी मिसाइल आक्रमणमा ४१ जनाको ज्यान जाँदा १८० जना घाइते भएका छन् ।

जेलेन्स्कीका अनुसार यो आक्रमण देशको पूर्वी भागमा अवस्थित सहर पोलताभामा गरिएको थियो ।

जेलेन्स्कीले शैक्षिक संस्था र अस्पतालमा उक्त हमला भएको दाबी गरेका छन् । रुसले उक्त शहरमा दुई ब्यालिस्टिक मिसाइल हानेको थियो ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार पोलताभा लागि यो भयानक दिन हो । मन्त्रालयले एयर रेड साइरन र मिसाइल हमलाबीचको समय एकदमै कम हुँदा मानिसहरू बम सेल्टरमा जाने क्रममा धेरै घाइते भएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ६ : १३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स