फेसबुक पोस्ट उडेपछि बालेन- गलत भए मलाई समात, नत्र दोषीलाई समात « Khabarhub

फेसबुक पोस्ट उडेपछि बालेन- गलत भए मलाई समात, नत्र दोषीलाई समात


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट सरकारको मिलेमतोमा उडाइएको आरोप लगाएका छन् ।

बालेनले नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरण सरकारकै मिलेमतोमा उडाइएको आरोप लगाएका हुन् ।

मंगलबार भएको कार्यपालिका बैठकमा वडाअध्यक्षहरू र उपमेयर सुनिता डंगोलले पनि चर्को आलोचना गरेलगत्तै बालेनको उक्त पोस्ट आएको हो ।

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले बालेनको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए । उपमेयर डंगोलले महानगरको नेतृत्वको कार्यशैलीका कारण जनताले घेर्न आउन थालेको बताएकी थिइन् ।

प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण गरेर यातना दिएको दाबि बालेनले गरेका थिए । तर एमाले कार्यकर्ताहरूले बालेनलाई चुनौती दिँदै पुष्टि गर्न र अदालतको फैसलालाई गलत ब्याख्या नगर्न चुनौती दिएका थिए ।

तर बालेनको उक्त पोस्टमा अत्यधिक रिपोर्ट परेपछि फेसबुकले कम्युनिटी गाइडलाइन कायम नभएको भन्दै हटाइदिएको थियो । फेसबुकले हटाइदिएको उक्त पोस्टबारे बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाउ सरकार !’

उनले आफू गलत भए समातेर देखाउन पनि  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । नभए दोषी समात्न उनले सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : २४ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक