पश्चिम बंगालमा बलात्कारविरुद्ध नयाँ कानुन, विधानसभामा सर्वसम्मतले पारित | Khabarhub Khabarhub

पश्चिम बंगालमा बलात्कारविरुद्ध नयाँ कानुन, विधानसभामा सर्वसम्मतले पारित


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पश्चिम बंगाल विधानसभामा बलात्कारविरुद्ध ल्याइएको ‘अपराजिता विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

‘अपराजिता महिला तथा बालबालिका विधेयक, २०२४’ मा फास्ट ट्र्याक अदालत स्थापना गर्ने व्यवस्था गरिएको छ । विधेयकमा पहिलो प्रतिवेदन पेश भएको २१ दिनभित्र सुनुवाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । यसमा भारतीय न्याय संहिता, २०२३ र भारतीय नागरिक रक्षा संहिता, २०२३ साथै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम यौन दुर्व्यवहार विधेयक, २०१९ लाई संशोधन गरेर पश्चिम बंगाल राज्यका लागि विशेष व्यवस्था गरिएको छ ।

विधेयकको मस्यौदामा कानून र व्यवस्था राज्यको क्षेत्राधिकारमा आउने भएकाले पीडितले छिट्टै न्याय पाउनका लागि पश्चिम बंगाल सरकारले विद्यमान कानुन परिमार्जन गरी कडा व्यवस्था गर्न लागेको बताइएको छ ।

विधेयक पेसपछि सदनमा भएको छलफलका क्रममा मुख्यमन्त्री ममता बनर्जीले नयाँ विधेयक लागू भएपछि बलात्कार र बलात्कारका घटनालाई नियन्त्रण गर्न प्रहरीमा ‘विशेष अपराजिता टास्क फोर्स’ गठन गरिने बताइन् ।

पुरानो मौलिक ऐनअनुसार घटनाको अनुसन्धान थानामा दर्ता भएको दुई महिनाभित्र पूरा गर्नुपर्ने व्यवस्था थियो । नयाँ संशोधित ऐनअनुसार पश्चिम बङ्गालमा भएका यी मुद्दाहरूको अनुसन्धान २१ दिनभित्र पूरा गर्न अनुसन्धान अधिकारीहरू बाध्य हुनेछन् ।

‘अपराजिता महिला तथा बालबालिका विधेयक, २०२४’ मा बलात्कारमा आजीवन कारावास वा मृत्युदण्ड र जरिवाना दुवैको व्यवस्था छ । यस बाहेक पीडितको परिचय सार्वजनिक गर्ने कडा कानुनी व्यवस्था छ, जसअन्तर्गत कसैले ‘अनुमति नलिई’ मुद्दाको कारबाहीको विवरण वा विवरण सार्वजनिक गरेमा ३ देखि ५ बर्षसम्मको सजाय हुने व्यवस्था छ ।

यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइनेछ ।

हालै भएको डाक्टरको बलात्कारपछि हत्याको घटना पछि सरकारको चर्को आलोचना भइरहेको बेला बनर्जी सरकारले नयाँ कानुन ल्याएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : ४४ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन