सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार « Khabarhub

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि अब सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको छ ।

मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसै गरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ ।

यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँग समेत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।

त्यस लगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ३० बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक