कप्तान रोहितको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जित « Khabarhub

कप्तान रोहितको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जित


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानमाथि नेपालले शानदार जित निकालेको हो।

किङ सिटीमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १०१ रनमा सीमित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। नेपालका लागि कप्तान पौडेलले अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ५६ रन जोडेका हुन्। यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १९, देव खनालले १८, असिफ सेखले १४ तथा अनिल साहले ११ रन जोडे। ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।

ओमानलाई सामान्य योगफलमा सीमित गर्ने क्रममा कुशल भुर्तेलले पुछारका ३ विकेट लिए। भुर्तेलले यस क्रममा ११ बलमा १० रन खर्चिए। रिजनले ढकालले सुरुवातका २ विकेट लिएको खेलमा मध्यक्रमका २ विकेट कप्तान पौडेलले लिए। सन्दीप लामिछानेले २ विकेट लिए।

दोस्रो ओभरको चौथो बलमा नै ढकालले काश्यप पूजापतिलाई २ रनमा आउट गरेपछि ओमानले पहिलो विकेट गुमाएको हो। उनैले ९ रन बनाएका सोहेब खानलाई पनि आउट गरेका थिए। अकिब इलियास र जेसन मसुदले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेको खेलमा लामिछानेले इलियासलाई २२ रनमा आउट गरेका थिए।

मसुदलाई भने पौडेलले आउट गरे। मसुदले ३ छक्का सहित ३० बलमा ३५ रन जोडेका थिए। १ ओभर मात्र बलिङ गरेका पौडेलले सुरुका ३ बलमा नै विकेट लिएका हुन्। उनले कुल ७ रन खर्चिए।

यसपछि ओमानका प्रतीक अलवालेले १२ रन बनाउनु भन्दा बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ५२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण