गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए | Khabarhub Khabarhub

गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको छ । बिहीबार बिहान लेबनानमा गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।

इजरायलले त्यहाँ रहेका स्थानीयलाई आफूहरूले आक्रमण गर्ने सूचना दिएर घर छाड्न समेत भनेको थियो । इजरायलले हिजबुल्लाहको संरचनामा प्रहार गरेको जनाएको छ । सिरियामा भएको आक्रमणमा ३ जना तथा गाजामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको छ ।

दक्षिणी लेबनानको सीमामा दुई पक्षको बिचमा अझै पनि भूमि युद्ध नै  जारी छ । बुधवार लेबनानको सीमामा ४०० मिटर परसम्म पुगेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । (आईडीएफ)ले लेबनानका ५१ गाउँका बासिन्दालाई आफूहरूले आक्रमणको तयारी गरेकाले घर छाड्न समेत भनेको थियो । बुधबारसम्म इजरायलले हिजबुल्लाहको ५० प्रतिशत संरचना नास गरेको जनाएको छ ।

यसैगरी हिजबुल्लाहले पनि लेबनानमा आक्रमण गर्ने तयारीमा रहेको इजरायलको सुरक्षा दस्तामा २ दर्जन पटक आक्रमण गरेको जनाएको छ ।

इरानका राष्ट्रपति मसुद पेजस्कियनले मंगलबार गरिएको मिसाइल आक्रमणको बारे प्रतिक्रिया दिएका छन् । पेजेस्कियनले इजरायलले प्रतिक्रिया जनाएमा यसको बदलामा इरान पनि चुप लागेर नबस्ने तथा अझ कठोर परिणाम आउन सक्ने जनाएका छन् । यस घटना पनि जोर्डन, अमेरिका र बेलायतले आक्रमणको निन्दा गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगै इरानको आक्रमणको प्रतिकार जनाउने अधिकार भए पनि त्यहाँको आणविक भट्टीमा आक्रमण गर्ने कुरामा सहमत नभएको जनाएका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग