गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए « Khabarhub

गाजा, बेरुत र सिरियामा इजरायलको आक्रमण, ६ जना मारिए


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले एकै पटक गाजा, लेबनान र सिरियामा आक्रमण गरेको छ । बिहीबार बिहान लेबनानमा गरेको आक्रमणमा ६ जनाको ज्यान गएको छ ।

इजरायलले त्यहाँ रहेका स्थानीयलाई आफूहरूले आक्रमण गर्ने सूचना दिएर घर छाड्न समेत भनेको थियो । इजरायलले हिजबुल्लाहको संरचनामा प्रहार गरेको जनाएको छ । सिरियामा भएको आक्रमणमा ३ जना तथा गाजामा भएको आक्रमणमा ८ जनाको ज्यान गएको छ ।

दक्षिणी लेबनानको सीमामा दुई पक्षको बिचमा अझै पनि भूमि युद्ध नै  जारी छ । बुधवार लेबनानको सीमामा ४०० मिटर परसम्म पुगेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । (आईडीएफ)ले लेबनानका ५१ गाउँका बासिन्दालाई आफूहरूले आक्रमणको तयारी गरेकाले घर छाड्न समेत भनेको थियो । बुधबारसम्म इजरायलले हिजबुल्लाहको ५० प्रतिशत संरचना नास गरेको जनाएको छ ।

यसैगरी हिजबुल्लाहले पनि लेबनानमा आक्रमण गर्ने तयारीमा रहेको इजरायलको सुरक्षा दस्तामा २ दर्जन पटक आक्रमण गरेको जनाएको छ ।

इरानका राष्ट्रपति मसुद पेजस्कियनले मंगलबार गरिएको मिसाइल आक्रमणको बारे प्रतिक्रिया दिएका छन् । पेजेस्कियनले इजरायलले प्रतिक्रिया जनाएमा यसको बदलामा इरान पनि चुप लागेर नबस्ने तथा अझ कठोर परिणाम आउन सक्ने जनाएका छन् । यस घटना पनि जोर्डन, अमेरिका र बेलायतले आक्रमणको निन्दा गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगै इरानको आक्रमणको प्रतिकार जनाउने अधिकार भए पनि त्यहाँको आणविक भट्टीमा आक्रमण गर्ने कुरामा सहमत नभएको जनाएका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : ५६ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम