बीपी राजमार्गसहित यी सडकखण्ड अझै अवरुद्ध (सूचीसहित) « Khabarhub

बीपी राजमार्गसहित यी सडकखण्ड अझै अवरुद्ध (सूचीसहित)


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् ।

नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ भने ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस्तै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।

यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर