उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने | Khabarhub Khabarhub

उपरजिस्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चमा दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बार जनताको आवाज र लोकतन्त्रको हिमायती रहेको उल्लेख गर्दै त्यसको नेतृत्वविरुद्ध आफूले हालेको अवहेलना मुद्दा फिर्ता लिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’

उनले आफू कसैको प्यादा बन्न नचाहेको भन्दै अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिने उल्लेख गरेका छन् ।

अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी कात्तिक १ का लागि तोकिइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’