‘बेहुली फ्रम मेघौली’को प्रिमियर : ट्याक्टर चढेर स्वस्तिमाको ‘इन्ट्री’ « Khabarhub

‘बेहुली फ्रम मेघौली’को प्रिमियर : ट्याक्टर चढेर स्वस्तिमाको ‘इन्ट्री’


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रिमियर शो बुधबार साँझ सम्पन्न भएको छ । भक्तपुरस्थित राधेराधेमा आयोजना गरिएको प्रिमियरमा फिल्मकी नायिका स्वस्तिमा खड्का मुख्य आकर्षण बनिन्

कार्यक्रममा स्वस्तिमाको प्रवेश फरक शैलीमा भयो । उनी ट्याक्टर हाँकेर कार्यक्रमस्थलसम्म पुगिन् । यो दृश्यलाई धेरैले रोचक मानेर हेरे ।

प्रिमियरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, केदार घिमिरे, निर्देशकहरु दीपेन्द्रकुमार खनाल, मीनबहादुर भाम, प्रदीप भट्टराई, नायकहरू कर्मा शाक्य, सलोन बस्नेतसहित कलाकार, फिल्मकर्मी, पत्रकार, राजनीतिज्ञ गरी ६ सयभन्दा बढी उपस्थित थि ।

प्रिमियरपछि स्वस्तिमाको अभिनयले प्रशंसा पाएको छ । नायिका आना शर्मालाई स्वस्तिमाको अभिनय असाधारण लगेछ । उनले भनिन्, ‘पूरा फिल्म नै मनोरञ्जन दिने छ । स्वस्तिमा दिदीको असाधरण अभिनयका कारण फिल्मले पूरा मनोरञ्जन दिन्छ ।’

त्यस्तै, नायक आयुषमान जोशीले फिल्म कथा र पर्दामा देखाउने शैली मन परेको प्रतिक्रिया दिए ।

नायिका निरुता सिंहले पनि स्वस्तिमाको अभिनयको तारिफ गरिन् । उनले स्वस्तिमाको अभिनयमा खोट लगाउने ठाउँ नभेटेको प्रतिक्रिया दिइन् । थपिन्, ‘सबैको पक्ष एकदमै राम्रो छ । म त स्वस्तिमाको फ्यान भएँ ।’

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले कथा समसामयिक लागेको प्रतिक्रिया दिए । भने, ‘यो समसामयिक कथा नै हो । अहिलेका लागि आवश्यक छ ।’

नायक सलोन बस्नेते पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । भने, ‘कतै झ्याउ लाग्दो छैन । कथा पनि बगेको छ । एउटा प्रफेक्ट फिल्म बनेको रहेछ ।’

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले फिल्मले दिन खोजेको सन्देश ठीक रहेको प्रतिक्रिया दिए ।

फिल्ममा स्वस्तिमासहित  निश्चल बस्नेत, बसुन्धारा भुसाल, विजय बराल र सिमरन खड्का लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गरेका छन् । फिल्ममा लगानी निश्चल र स्वस्तिमाको छ ।

हेरौं प्रिमियरका केही तस्बिरहरू :

तस्बिर स्रोत : बेहुली फ्रम मेघौली फेसबुक पेज

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : १७ बजे

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ