प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा « Khabarhub

प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौंआजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गरेको मेला होटल मनाङमा सुरु भएको हो । 

आगामी शनिबारसम्म चल्ने उक्त मेलामा ३७ वटा भेराइटी डिस्प्ले गरिएको किसान भेन्चरका सीईओ राजेश कार्कीले जानकारी दिए । यद्यपि, केही भेराइटी भने बाटोमै रोकिएको उनको भनाइ छ ।

 ‘धेरै भेराइटीका स्याउ आइसकेका छन् । तर केही भने बाढीपहिरोका कारण अवरुद्ध सडकका कारण बाटोमै रोकिएका छन्, साँझ–भोलि बिहानसम्म सबै आइपुग्छु’ उनले भने । 

प्रदर्शनमा ३७ प्रजातिका स्याउ राखे पनि बिक्री भने ८ प्रजातिका मात्रै गरिने उनले जानकारी दिए । होटल मनाङमा विभिन्न सेसनसहित मेला सुरु गरिएकोमा स्याउको बिक्री कक्ष उत्पला क्याफे बौद्धमा पनि राखिएको छ ।

नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ । 

भेन्चरको प्रथम आँप मेला भएकोमा त्यसपश्चात् आयोजना गरिएको यो दोस्रो कार्यक्रम हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनमा राखिएका छन् ।

गाला, फुजी, रेड डेलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट, मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारहरुको स्वाद प्रदर्शनीस्थलमा चाख्न पाइनेछ । 

तीन दिनसम्म चल्ने मेलामा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न र स्याउ खरिद गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  १२ : ४५ बजे

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै