कैलालीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै « Khabarhub

कैलालीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । 

उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए। 

अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो । 

‘हाल कोरोना भाइरसको सङ्क्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ’, अवस्थीले भने ‘उपमहागरमा उपलब्ध भएको खोपको मात्राका आधारमा तीन दिन अभियान सञ्चालन हुनेछ ।’ 

खोप अभियान सुदूरपश्चिम प्रदेशका कैलालीसहित बझाङ र डडेल्धुराका स्थानीय तहमा सुरु भइसकेको प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति मीनराज जोशीले प्रदेशका सबै नौ जिल्लामा अभियान सञ्चालनका लागि एक लाख नौ हजार मात्रा खोप उपलब्ध भएको जानकारी दिए।

जोशीका अनुसार प्रदेशका गौरिफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायत भारतसँग सीमा जोडिएका स्थानमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत् स्वदेश भित्रिने नागरिकमा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । 

पछिल्लो समय सीमानाकामा गरिने एन्टिजेन परीक्षणमा कमी आएकाले खोप अभियान सञ्चालन गरिएको उनले बताए।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : ०६ बजे

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज

क्यानडाको श्रम बजारमा सुधार

एजेन्सी – क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ओखलढुङ्गा– ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी

बजार अनुगमनमा विभाग थप सक्रिय

काठमाडौं– बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य,