तस्बिर : पीटीआई

अन्तर्राष्ट्रिय

बङ्गलादेशले भारतसहित पाँच देशका राजदूत फिर्ता बोलायो

By खबरहब

October 03, 2024

काठमाडौं- बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि राजदूतसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई तुरुन्त ढाका फर्किन भनिएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसङ्घका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।

पछिल्लो समय बङ्गलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी अहिले पनि भारतमा रहेको बताइएको छ । 

यसअघि बङ्गलादेशले बेलायतका आफ्नो राजदुत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।