बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै | Khabarhub Khabarhub

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । 

यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण संकलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थलगत अनुगमनमा निस्किएको हो । 

बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताए। 

‘नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिराले ठूलो क्षति गरेको छ’, उनले भने, ‘बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण संकलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।’

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण संकलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिए।  

दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उनले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । 

बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिए ।

उनका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताए। 

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : २३ बजे

बाढीको असर सौराहाका होटल रेष्टुरेन्टमा, पर्यटकको पर्खाइमा व्यवसायी

चितवन– सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय

गण्डकीमा बढ्यो डेङ्गी, सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

एजेन्सी– युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका

चाडपर्वमा जुवा तास र लागूपदार्थ नियन्त्रण गर्न प्रहरीको निर्देशन

सुनसरी– चाडपर्वको बहाना बनाएर जुवा तास खेल्ने खेलाउने, मादक पदार्थ

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण बढ्यो

एजेन्सी– पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ ।