भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत (तस्बिरहरू) « Khabarhub

भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत (तस्बिरहरू)


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् ।

बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।

विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो ।

भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्।

पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् । पूर्वराजा शाह आगामी आइतबार स्वदेश फर्किने तालिका छन् ।

हिमाली मुलुक भुटान र नेपालमा लामो समय राजतन्त्र थियो । नेपालको राजतन्त्रलाई २०६५ मा गणतन्त्र घोषणासहित बिदा गरिएको थियो । भुटानमा भने अझै राजतन्त्र छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : २७ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि